चितवन विशेष

चितवनको रामनगरमा गाडिको ठक्करबाट साइकल यात्रीको मृत्यु

Banner

चितवन, साउन २९-

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगर ओरालो नजिक आज दिउँसो बससँग ठोक्किएर अनियन्त्रित भएको पिकअप भ्यानले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो चार बजेर २० मिनेट जाँदा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०१–०२६ च ५५१९ नम्बरको पिकअप भ्यान नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ग २ ख ८५५ नम्बरको बससँग ठोक्किएको थियो । दुर्घटनापछि अनियन्त्रित भएको पिकअप भ्यान साइकलसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका साइकलयात्री थापालाई उपचारका लागि भरतपुर अस्पताल पु¥याएकोमा चिकित्सकले पाँच बजे थापालाई मृत घोषणा गरेका थिए । प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>