राजनीति

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै महासंघको विरोध

Banner

काठमाडौं,भदौ २७-

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ । बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीवार अपरान्ह काठमाडौंबाट नियन्त्रणमा लिने प्रयास गरेको थियो । महासंघले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्प्रेषित समाचारप्रति परेका उजुरी या गुनासो प्रेस काउन्सिलको भएको जनाएको छ ।

‘प्रेस काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ,’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

एक महिलाले आफ्नो चरित्र हत्या हुनेगरी बस्नेत सम्पादक रहेको अनलाइनले समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै ब्यूरोमा उजुरी दिएकी थिइन् । ब्यूरोले उजुरीका सम्बन्धमा थप सोधपुछ गर्न बस्नेतलाई नियन्त्रणमा लिन खोजेको थियो । बस्नेतलाई पक्राउ गर्ने उद्देश्यले नभएर उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा सोधपुछ मात्रै गर्न खोजिएको ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>