राजनीति

२ हजार वडामा पार्टीको संरचना गठन भइसकेको रास्वपाको दाबी

Banner

काठमाडौं, भदौ २७-

राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले करिब १५ सय प्रतिनिधि सहभागी हुने बताए ।

उनले भने, ‘महाधिवेशको विषयमा आउने प्रश्नहरुको जवाफ हामीले राष्ट्रिय भेलामा दिन सुरु गरेका छौं । महाधिवेशन ०८२ को वैशाखमा गर्ने प्रस्ताव छ, मिति तय भएको छैन ।’

उनले पहिलो पटक हुन लागेको भेलामा प्रतिनिधिको चाप रहेको बताए । उनले करिब ४ सय पालिका र २ हजार वडामा पार्टीको संरचना बनिसकेको बताए । भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदनका साथै सातै प्रदेशका सभापतिहरुले बेग्लाबेग्लै प्रतिवेदन पनि भेलामा पेश गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>