राजनीति
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
०

काठमाडौं, भदौ २७-
जनमत पार्टीका अध्यक्ष सिके राउतले सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन्। जिल्ला अदालत ललितपुरमा राउतले गत भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका हुन्।
उनले ‘अंश र सम्बन्धविच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए।
उनकी श्रीमती रानी भारतीय नागरिक हुन्। उनीहरूका दुई छोरी र एक छोरा छन्। छोराछोरीलाई पनि आफूसँगै राख्न राउतले माग गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























