चितवन विशेष

चितवनमा पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घको भवन शिलन्यास

Banner

चितवन, भदौ २६-

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ जिल्ला शाखाको भवन आज शिलान्यास गरिएको छ । बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले भवनको शिलान्यास गर्नुभएको हो । कार्यालयसँगै भवनमा पुस्तकालय रहने छ ।

भवन शिलन्यास समारोहमा जोशीले पुस्तकमा सबैको पहुँच पु¥याउन ठाउँठाउँमा पुस्तकालय आवश्यक रहेको बताउनुभयो । फुर्सदको समयमा पुस्तक पढ्ने बानीले मानव जीवन सफल बन्ने भन्दै उहाँले यो पुस्तकालय जिल्लाकै नमूना पुस्तकालय बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष शिवसागर शर्माले चितवन शाखाले गर्न लागेको कामप्रति आभार व्यक्त गर्नुभयो । पुस्तकालयको सही सदुपयोग हुनेमा उहाँले विश्वाससमेत व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका–३ बाह्रघरे स्थित देउराली ताल नजिकै भवनको शिलान्यास गरिएको हो । सङ्घका पूर्वअध्यक्ष पङ्कज अग्रवाल र उहाँकी आमा कृष्णाकुमारी अग्रवालले प्रदान गर्नुभएको १० धुर जग्गामा भवन बनाउन लागिएको हो । करिब रु एक करोड ५० लाखको लागतमा निर्माण गर्न लागिएको सो भवन चार तलाको बन्ने छ ।

भवनमा पुस्तकालय, सभाहलसहित सचिवालय रहने सङ्घका अध्यक्ष परमेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भवन आठ महिनाभित्र निर्माण सम्पन्न हुनेछ । आचार्यका अनुसार सङ्घमा जिल्लाका चार सयभन्दा बढी व्यवसायी आबद्ध रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>