राजनीति

कांग्रेसले भन्यो: उपसभापति धनराजको कानुनी रुपमा भइसकेको सम्बन्धविच्छेदबारे बहस गर्नु उचित हुँदैन

Banner

काठमाडौं, भदौ २६-

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङले पत्नी ज्योति गुरुङसँग गरेको ‘डिभोर्स’बारे भइरहेको टिप्पणीलाई अनुचित भनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले कानुनी रुपमा भइसकेको सम्बन्धविच्छेदबारे बहस गर्नु उचित नहुने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कानुनी रुपमा सम्बन्धविच्छेद भएपछि त्यसमा बहस गर्न आवश्यक नरहेको उल्लेख गरे ।

उपसभापति गुरुङ आफैँले छानबिनका लागि तयार रहेको कुरा संसद्मै बताइसकेको अवस्थामा पार्टीले छानबिनका लागि सहज रुपमा लिने उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>