राजनीति
एमाले हाम्रो प्रतिष्पर्धी पार्टी हो, सबै कुरा मिल्छ भन्ने छैन: गगन थापा

काठमाडौं, भदौ २६-
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) र कांग्रेस प्रतिष्पर्धी पार्टी भएकोले सबै कुरा मिल्छ भन्ने नभएको बताएका छन् ।
‘आफ्ना आफ्ना पार्टीका दस्ताबेजहरू छन्, हाम्रा घोषणापत्रहरू छन् । हामी भिन्नभिन्न पार्टी हो । हामी लामो समय प्रतिष्पर्धा गर्दै आएको पार्टी हो । भोलि प्रतिष्पर्धा गर्ने पार्टी पनि हो । हाम्रो बीचमा सबै कुरा मिल्छन् भन्ने पनि छैन । त्यसैले यसलाई न्यूनतम भनिएको हो, ‘ उनले भने ।
‘हामी अब कुन तहसम्म जाने ? न्यूनतम साझा कार्यक्रमलाई कति न्यूनतम बनाउने ? कति अधिकतम बनाउने ? कस्तो बनाउने ? कुनकुन कुरा राख्ने ? भन्ने सन्दर्भमा प्रारम्भिक छलफल भइसकेपछि मात्रै यसले कति समय लाग्ला भन्नकुरा टुंगो लाग्ला । तर, अब हाम्रोले सरकार गठन भएकै केही दिन भइसकेकाले अब यसलाई लामो समय लगाउन उपयुक्त हुँदैन, ‘उनले भने ।

























