राजनीति

उपसभामुख इन्दिरा र सांसद्‌ धनराजबारे छलफल गर्न भोलि बिहान काग्रेसको बैठक बस्दै

Banner

काठमाडौं, भदौ २५-

प्रमख सत्तारुढ दल नेपाली काङ्ग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भोलि (बुधबार) बिहान ८ः३० बाट शुरू गर्नेगरी पदाधिकारी बैठक बोलाएको हो ।

बैठकमा पार्टीका नेता एवम्‌ सांसद्‌ धनराज गुरुङ र उपसभामुख इन्दिरा रानाबारे छलफल हुने सो पार्टीका नेताहरूले जानकारी दिएका छन्‌ । उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिका जानका लागि केही मानिसहरूलाई सिफारिस गरेर दूतावासलाई पत्र लेखेको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

यस्तै, काङ्ग्रेस सांसद्‌ धनराज गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

गुरुङले भने सो सहकारी ठगी प्रकरणमा पूर्वश्रीमती ज्योति गुरुङले जोडिएकी र आफूहरूबीच २०७६ फागुनमै डिभोर्स भइसकेको भन्दै सो मामिलामा आफूलाई जोड्न नहुने तर्क गरेका छन्‌ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>