राजनीति

अब सरकारी कार्यालयमा बसेर शेयरको कारोबार गर्न नपाइने,टीएमएस प्रतिबन्ध

Banner

काठमाडौं, भदौ २५-

प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राहीको काम प्रभावित भएपछि सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएसमाथि प्रतिबन्ध लगाइएको बताएका छन् । मंगलवार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्नु कानूनी दृष्टिले अमान्य भएको स्पष्ट पारेका हुन् ।

‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानूनी दृष्टिले अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस)माथि प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशनसमेत दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काममात्र गर्न अनुरोध गर्दछु ।’

सरकारी कार्यालयमा कर्मचारी शेयर कारोबारमा व्यस्त रहँदा पछिल्लो केही समययता सेवाग्राहीको काम नै प्रभावित भएको जनगुनासो आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>