राजनीति
कांग्रेस-एमालेलाई ज्ञानेन्द्र शाहीले भनेः हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं
०

काठमाडौं, भदौ २५-
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कांग्रेस एमालेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदबाट प्रधानमन्त्री छान्ने व्यवस्था देशले नधान्ने बताए ।
उनले भने, ‘दुई तिहाईको तपाईंहरुले सरकार बनाउनुभएको छ, तपाईंहरुको साच्चै हिम्मत र देश बनाउने उद्देश्य छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं । संविधान संशोधन गर्ने पनि भन्नुभएको छ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं अहिलेका प्रधानमन्त्री र दलका नेतासँग हामी लड्छौं चुनाव। देशभरीका जनताले भोट हालेर हेरौं ।’
उनले सदनले प्रधानमन्त्री र मन्त्री छान्ने नभइ कानून बनाउने ठाउँ बनाउनुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























