राजनीति
राजीनामा दिन उपसभामुखलाई एमाले सांसद बास्कोटाको सुझाव

काठमाडौं, भदौ २५-
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजीनामा दिन उपसभामुखलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै यति धेरै प्रश्न उठेपछि राजीनामा दिएर सबैलाई जवाफ दिन सुझाव दिएका हुन् ।
विगतमा आफूमाथि प्रश्न उठेपछि मन्त्रीबाट राजीनामा दिएको स्मरण गर्दै उनले भने, उपसभामुखज्यूलाई सुझाव छ, यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्गप्रस्तस्त गरे के बिग्रन्छ ?’
दोषी हो वा होइन कानुन वा कुनै छानबिन भए त्यसले देखाउने उनले बताए । एमाले सांसद बास्कोटाले लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाउने बताए । साथै जसलाई नैतिकताको कसीमा जाँचिनु छ, उसले चुनौती दिने अवसर पनि लोकतन्त्रमा हुने बताए । ‘प्रश्न उठ्नु र जवाफदेहीता चाहिन्छ भन्नु लोकतन्त्रको हत्या होइन’, सांसद बास्कोटाले भने, ‘लोकतन्त्रलाई थप बलियो बनाउन मदत पुग्छ ।’

























