समाचार
१८ लाख यात्रु बोकेको जहाजलाई बुद्ध एयरले गर्यो बिदाइ
०

काठमाडौं,भदौ २५-
बुद्ध एयरले आफ्नो एटीआर-४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ। नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले सदाका लागि बिदाइ गरेको हो।
२००८ सेप्टेम्बर १७ भित्रिएको सो जहाजले माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरू गरेको थियो। विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो। जहाजलाई सम्मानस्वरुप पानीको फोहोरा दिएर बिदाइ गरेको हो।
७० हजार उडान साइकल पूरा गरेपछि व्यावसायिक उडान भर्न नपाउने एटीआरको नियमअनुसार यो विमानलाई आजबाट उडान बन्द गरिएको बुद्ध एयरले जनाएको छ। बुद्ध एयरका अनुसार यो विमानले १८ लाख यात्रुलाई सेवा दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























