राजनीति
म अहिले एकीकृत समाजवादीमा जाने तयारीमा छैनः भीम रावल
०

काठमाडौं, भदौ २५-
नेकपा एमालेका नेता भीम रावलले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग आफ्नो छलफल भएपनि आफू नजाने बताएका छन्। गृहजिल्ला अछाममा पुगेका नेता राउवलले पत्रकारसँग कुरा गर्दै आफू नेकपा एसमा जाने पक्षमा नरहेको बताए।
उनले भने, ‘म अहिले एकीकृत समाजवादीमा जाने तयारीमा छैन। नेताहरुसँग कुराकानीको कुरा त हाम्रो पार्टीको अध्यक्षले महन्थ ठाकुरदेखि देश टुक्याउँछु भन्ने सिके राउतसँग वार्ता गर्न हुने, मैले नेताहरूसँग वार्ता गर्न नहुने के छ ? मैले देश टुक्याउँछु भन्नेसँग वार्ता गरेको छैन। माधव नेपाल, झलनाथ खनाल हाम्रै पार्टीको नेता हुनुहुन्थ्यो।’
उनले एमालेका शीर्ष नेताहरुसँग केही समय अघि कुराकानी भएको भए अहिले नभएको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























