अपराध
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
०

काठमाडौं, भदौ २५-
श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ्चुङमा गाउँपलिका(७ घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय भक्तिराज राई छन् ।
भदौ १२ गते ललितपुर महानगरपालिका-२४ धापाखेल नखुडोलमा ३५ वर्षीय शशीकला राई आफ्नै कोठामा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार अनुसन्धान गर्दै जाँदा घटनामा श्रीमानकै संलग्नता देखिएको हो ।घटनाबारे प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























