समाचार
काभ्रेको पनौतीमा एक महिला मृत फेला
०

काठमाडौं, भदौ २५-
काभ्रेपलान्चोकको पनौती नगरपालिका–४ मा एक महिला मृत फेला परेकी छन्। आज बिहान पनौती नगरपालिका–४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो।
मृतक बनेपा नगरपालिका–११ सल्ले घर भई सोही नगरपालिका– ४ डेरा गरी बस्ने वर्ष ३५ की शान्ति तामाङ रहेको काभ्रे प्रहरीले जनाएको छ।
मृतकको छोरा सञ्जय तामाङले उनको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए। घटनबारे थप अनुसन्धान भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























