चितवन विशेष

भरतपुर अस्पतालको एमआरआई मेसिनको उद्घाटन

Banner

चितवन, भदौ २४- 

चितवनको भरतपुर अस्पतालमा रहेको ‘एमआरआई’ मेसिनको उद्घाटन गरिएको छ । सेवा सञ्चालन भएको करिब दुई महिनापछि स्वास्थ्य मन्त्रि प्रदिप पौडेलले आज (सोमबार) औपचारीक रुपमा ‘एमआरआई’ मेसिनको उद्घाटन गर्नुभएको हो । अस्पतालले असार २७ गतेदेखि एमआरआई सेवा सञ्चालन गरेको थियो ।

यहाँ ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सहितको सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । संघिय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोड रुपैयाँमा मेसिन जडान गरिएको उनले बताए ।

स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने अस्पतालले जानकारी दिएको छ । यहाँ दैनिक २५ जना हाराहारीले सेवा लिने गरेका छन् । सेवा सञ्चालन गरेको केही सातापछि चट्याङले मेसिन बिगारेपछि बनाएर सेवा पुनः सञ्चालनमा ल्याईएको थियो । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>