राजनीति

सहकारीबाट गलत ढंगले गोर्खा मिडियामा रकम गएको स्थापित भएकै विषय होः रवि

Banner

धनगढी, भदौ २४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडिया लगायतमा सहकारीबाट गलत ढंगबाट रकम गएको स्थापित भएको बताएका छन्। रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि सोमबार धनगढी आइपुगेका सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको स्थापित भएको विषय रहेको बताएका हुन्।

‘गोर्खा मिडियालगायत विभिन्न संस्थाहरूमा सहकारीबाट गलत ढंगले पैसा गएको कुरा आइसकेकै कुरा हो, स्थापित भएकै कुरा हो, अनुसन्धानले देखाएको कुरा हो,’ सभापति लामिछानेले भने, ‘तर कसले गर्‍यो भन्ने अदालतमा गइसकेको कुरा हो। क-कसले बदमासी गर्‍यो भनेर स्पष्ट पारिसकेको हो। त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने हो, प्रमाण हुनवित्तिकै मैले जिम्मेवारी त लिनैपर्छ।’

लामिछाने विगतमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए। क-कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म बाहिरिएका प्रहरी प्रतिवेदन लगायतले देखाएको पनि उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>