राजनीति

कति सजिलोसँग चुनाव जित्छु, केही गर्नै पर्दैनः शशांक कोइराला

Banner

काठमाडौं,भदौ २४-

नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टीको आउँदो महाधिवेशनमा आफू सभापतिको उमेदवार बन्ने बताएका छन् । विश्वेश्वरप्रसाद कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बीपीको छोरो भएकाले आफूलाई हरेक विषयमा सबैभन्दा अगाडि सार्ने गरिएको पनि उनले उल्लेख गरे । उनले आफूले सहजै र हालसम्म पाँचपटक निर्वाचन जितिसकेको बताए । ठूलो नभई असल मान्छे बन्नुपर्नेमा बीपीले जोड दिएको उनले स्मरण गरे । असल मान्छे हुन पनि कठिन रहेको उनले बताए । सांसद कोइरालाले बीपी व्यक्तिभन्दा पनि एउटा विचार भएको उल्लेख गरे ।

कार्यक्रममा शशांक कोइरालाको भनाइ पढ्नोस्–

बीपीको छोरो हुनेबित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँचचोटि त चुनाव जितेँ । त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्लाजस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले बीपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो– ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ । त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दाखेरि कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आधार, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने, अरूहरूमा त्रुटि देख्छु । त्यसलाई कोट्ट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>