राजनीति
लागू औषध हो भन्दै जुम्लाबाट आउने स्याउलाई प्रहरीले किन १७ ठाउँमा चेक गर्छ ?
०

काठमाडौं, भदौ २४-
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गमा किसानले स्याउ ल्याउँदा प्रहरीले अनावश्यक चेकिङ गरेर दुख दिएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कर्णाली राजमार्ग अवरुद्ध भइरहेको छ, हामी अहिले ६ अर्बको स्याउ किनेर खाम्छौँ चीनबाट, जुम्लाबाट स्याउ आउँछ। राजमार्गको पहिरो पन्छाइँदैन। अलपत्र पारेर स्याउ बाटोमा कुइन्छ। किसान आत्महत्या गर्न बाध्य भइरहेका छन्। त्यति मात्रै होइन १७ ठाउँमा प्रहरीले चेक गर्छ, स्याउ हो कि त्यो लागू औषध हो ?’
उनले गृहमन्त्रीलाई स्याउ चेक गर्नुभन्दा सडक बनाएर किसानको उत्पादन बजारमा ल्याउने वातावरण बनाइदिन माग गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























