राजनीति
बालुवाटारमा ओली र देउवाबीच छलफल
०

काठमाडौं ,भदौ २३-
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । केन्द्रदेखि प्रदेशसम्मका सरकार सञ्चालनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न ओलीले देउवालाई बालुवाटार बोलाएका हुन् ।
बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको सहयात्री दलसँग नियमित भेटघाटकै क्रममा प्रधानमन्त्रीले देउवासँग आइतबार छलफल गरेका हुन् । ‘प्रधानमन्त्रीले सरकार सञ्चालन, प्रदेश सरकार गठनका प्रक्रियासहित समसामयिक विषयमा छलफल गर्न कांग्रेस सभापतिलाई बोलाउनुभएको हो,’ बालुवाटार स्रोतले भन्यो । यसअघि कांग्रेस र एमालेले लामो छलफलपछि गण्डकी प्रदेश सरकार गठनको प्रक्रिया टुंग्याएका थिए । तर, कोशीमा भागबन्डा नमिल्दा कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई आफ्नो भागमा परेको चारजना मन्त्रीको नाम दिएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























