चितवन विशेष

उत्कृष्ट ४० कर्मचारीलाई निजामती पुरस्कार, चितवनमा कार्यरत कसैले पनि पाएनन्

Banner

चितवन, भदौ २२-

सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।

सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्ने भएको छ । सरकारले यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भेट्याउन सकेन ।

देशभरबाट ४० जनाले पुरस्कार पाउँदै गर्दा चितवनमा कार्यरत कर्मचारीहरुमा कसैले पनि पुरस्कार प्राप्त गर्न सकेनन् । पुरस्कार पाउनमा चितवनका कर्मचारी अयोग्य देखिए । आज २१औँ निजामती दिवस मनाइँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>