खेलकुद
नारायणगढमा भोलि भेट्रान नकआउट फुटसल प्रतियोगिता हुँदै
०

चितवन, भदौ २१–
चितवनको नारायणगढस्थित क्यासी स्पोट्र्स एण्ड रिक्रियशनल सेन्टरमा भोलि (शनिबार) एम.एफ.टी भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुँदैछ ।
मर्निङ्ग फुटसल टिम (एम.एफ.टी.)को आयोजनामा हुन लागेको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने आयोजक कमिटि सदस्य दिपक पन्तले जानकारी दिए । एक दिने प्रतियोगिताको विहानै समुद्घाटन गर्ने तयारी छ । यस प्रतियोगितामा ३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल खेलाडी मात्रै खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमले क्रमशः ४० हजार र २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताभरका सर्बाधिक गोलकर्ता, उत्कृस्ट गोल रक्षक, सर्बोत्कृस्ट खेलाडीलाइ हौसला बढाउन मेडल तथा जनही रु.२ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























