राजनीति

वनमन्त्रीमा सरुवा गरेपछि रिसाए मनाङे,भनेः जुनियरलाई दिने मन्त्रालय मलाई किन ?

Banner

पोखरा,भदौ १७-

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएपछि गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) असन्तुष्ट बनेका छन् । सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यविभाजन गर्दा मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयबाट वन मन्त्रालयको जिम्मा दिएका थिए ।

नवनियुक्त चार मन्त्रीको शपथग्रहण समारोहमै उनी रिसाएका थिए । त्यसपछि कसैसँग नबोली निस्किए । निस्कने बेला उनले यस्तो मन्त्रालय जुनियरलाई दिने हो भनेका थिए । उनी पदभार ग्रहण गर्न गएका छैनन् । उनले राजीनामा दिने बताएका छन् । अहिले मनाङे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न मुख्यमन्त्री कार्यालय पुगेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>