राजनीति

कांग्रेस १५ औं महाधिवेशन अनिश्चित,गठबन्धनप्रति इमानदार बन्ने

Banner

काठमाडौँ, भदौ १६-

नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते देखिजारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो । महामन्त्री गगनकुमार थापाले गत फागुनमा भएको महासमिति बैठकमै २०८२ मा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।र, जारी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका आउने अनुमान गरिएको थियो ।तर, केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशन समयमै गर्ने मात्र निर्णय गरेको छ ।

केन्द्रीय समितिले समयमै गर्ने भनी गरेको निर्णय अनुसार विधानको प्रावधान अनुसार चार वर्ष, विधानकै व्यवस्थाअनुसार एक वर्ष थप गरेर पाँच वर्ष वा संवैधानिक व्यवस्थाअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्दा पनि समयमै हुनेछ । अझ कुनै पार्टीसँग एकीकरण गरेको अवस्थामा त्यसपछिको पाँच वर्षभित्रै गर्दा पनि समयमै हुनेछ । कांग्रेस र एमालेबिच २०८४ को आम निर्वाचन अघिको पछिल्लो एक वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दुई दलीय सहमति छ ।

विधानतः १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारसमेत बन्न नपाउने देउवा त्यसअघि महाधिवेशन गराउन तयार नरहेको निकटहरूको दाबी छ । देउवाको चाहनालाई पार्टीका अन्य पदाधिकारीले साथ दिँदा १५औं महाधिवेशनको कार्यतालिका आउन नसकेको नेताहरू आरोप छ ।

बैठकले एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गरेको स्मरण गर्दै गत निर्वाचनमा कांग्रेसले पाँच वर्षको लागि गठबन्धन सहित मत मागेकोले उल्लेख गरेको छ । तर, यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा कांग्रेस सचेत र इमानदार रहेको स्मरण गर्दै कांग्रेसले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>