चितवन विशेष
कुलोमा डुबेर पश्चिम चितवनमा तीन वर्षिय बालकको मृत्यु
०

चितवन, भदौ १६-
चितवनमा कुलोमा खेल्ने क्रममा डुबेर तीन वर्षिय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२६ दुर्गा मन्दिर टोल स्थित कुलोमा आज साँझ ५ः२० बजेको समयमा डुबेर सोही ठाउँका हरिबहादुर कुमालका तीन वर्षिय बालकको मृत्यु भएको हो ।
बालक घटना स्थलबाट दुई सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । डुबेर गम्भिर घाइते भएका भएका बालकलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईको थियो । उपचारका क्रममा साँझ सात बजे चिकित्सकले मृत घोषणा गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























