चितवन विशेष

नेकपा (एमाले) इच्छाकामना ६ को अध्यक्षमा भुपेन्द्र चेपाङ

Banner

चितवन, भदौ १५ –
नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका– ६ को अध्यक्षमा भुपेन्द्र चेपाङ चयन भएका छन् । आज सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले सर्वसम्मतबाट चेपाङको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रामबहादुर घर्ति, सचिवमा कुमार गुरुङ र उपसचिवहरुमा दिल कुमार गुरुङ र तुल कुमारी क्षेत्री चयन भएका छन् ।

अधिवेशनमा संविधान सभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, बागमती प्रदेश कमिटी सदस्य कृष्ण सिलवाल, जिल्ला कमिटी सदस्यहरु दानबहादुर गुरुङ, जुना राजभण्डारी, रुद्र उप्रेती, चन्द्रमणी सापकोटा र वडा इन्चार्ज एवम् जिल्ला कमिटी सदस्य इच्छा त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>