अपराध

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा एक जनाको हत्या

Banner

जनकपुरधाम, भदौ १४-

धनुषामा एक जनाको हत्या भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको हो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार शुक्रबार बिहान १०ः३० बजेको समयमा आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको जनाएको छ । उनी ज्यालादारी कर्मचारी हुन् ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>