चितवन विशेष

बोस्टन कलेजमा बिएचएम ओपन हाउस कार्यक्रम सम्पन्न

Banner

चितवन, भदौ १३-

भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले आगामी शैक्षिक वर्षदेखि सञ्चालन गर्न लागेको बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) कार्यक्रमको विषयमा विद्यार्थी र अभिभावकहरुलाई जानकारी दिन ओपन हाउस कार्यक्रम गरेको छ । होटल तथा पर्यटन उ‌द्योगका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित व्यक्तित्वहरुलाई ओपन हाउस आमन्त्रण गरी यस उ‌द्योगको बारेमा प्यानल छलफल गरिएको थियो ।

पोखरा विश्ववि‌द्यालयअन्तर्गत बीबीए, बीबीए–फाइनान्स, बिसिएसआइटी र एमबिए कार्यक्रमहरू सञ्चालन गर्दै आएको बोष्टन कलेजले अब बिएचएम कार्यक्रम पनि सञ्चालनमा ल्याउने घोषणा गरेसँगै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। चारवर्षे बिएचएम कार्यक्रम मुख्य रूपमा हस्पिटालिटी म्यानेजमेन्टमा केन्द्रित रहनेछ। यस कार्यक्रमले वि‌द्यार्थीहरूलाई खाद्य तथा पेय तयारी र सेवा, आवास व्यवस्थापन, फ्रन्ट अफिस सञ्चालन, कम्प्युटर सफ्टवेयर सञ्चालन, हस्पिटालिटी कम्युनिकेसन, बिक्री र मार्केटिङ तथा जनसम्पर्क लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नेछ।

ओपन हाउस कार्यक्रममा बोस्टन कलेजको बिएचएम कार्यक्रम कन्सल्टेन्ट तथा आईटीसी होटल इन्डियाका पूर्व उपाध्यक्ष मनोज वीरमानी, नेपालको पहिलो फाइभ स्टार एक्जिक्युटिभ एवम् राजकीय सेफ गोविन्द नरसिंह केसी, लन्डनका एक्जिक्युटिभ सेफ एवम् बीबीसी मास्टरसेफ २०२० फाइनलिस्ट सन्तोष शाह, बाराही जंगल लजका जेनेरल म्यानेजर प्रकाश चन्द, इम्प्याक्ट पोलिनेट ग्रुप (कल्पवृक्ष)को संस्थापक निर्देशक सिता अधिकारी, सिएमटी रिसोर्टको एक्जिक्युटिभ सेफ एवम् बोस्टन कलेजका प्राध्यापक राजन कुमाल र द सोल्टी होटलको लर्निङ एवम् डेभलपमेन्ट विभागका कलस्टर निर्देशक रुपेश श्रेष्ठ सहभागी थिए ।

बिएचएम अभिमुखिकरण कार्यक्रम आगामी सेप्टेम्बर २२ र २३ मा काठमाडौँको पाँचतारे होटल मेरियटमा हुने बिएचएम कार्यक्रमका सह–संयोजक विमल अर्यालले बताए । बिएचएम कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई न्यूनतम ४०० घण्टा भन्दा बढी तलबसहितको कामको अवसर, १८ महिनाको इन्टर्नसिप, पाँचवटा भन्दा बढी पाँचतारे होटेलहरूको अध्ययन भ्रमण र निःशुल्क फ्रेन्च र चाइनिज भाषाको कक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।

स्नातकपश्चात शतप्रतिशत रोजगारीको ग्यारेन्टी दिइने बताइएको छ । कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले बोष्टन कलेजले विद्यार्थीहरुलाई सफल करियरका लागि तयार पार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>