समाचार

पोखराका २२३ वटा स्कुल बसमा जाँच, १७ वटा कारबाहीमा

Banner

गण्डकी, भदौ ११-
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ ।

जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिनुुभयो ।

जाँचका क्रममा सम्पूूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घनगरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उहाँले बताउनुुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>