चितवन विशेष

आज खानेपानी महासंघको राष्ट्रिय भेला, सौराहा घोषणापत्र जारी हुने

Banner

चितवन, भदौ १०-

चितवनको पर्यटकीय नगरी सौराहमा आज (सोमवार) खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको राष्ट्रिय भेला तथा गोष्ठी हुँदैछ । संघीय खानेपानी मन्त्री प्रदिप यादवले उद्घाटन गर्ने सो भेलाले खानेपानी क्षेत्रका सवाल र त्यसको सामधानको लागि सरकारको ध्यानकर्षण गराउने गरि सौराहा घोषाणा पत्र जारी गर्ने छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ चितवन र रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको स्थानीय व्यवस्थापनमा हुन लागेको भेलामा खानेपानीमा कर लगाउने सरकारको तयारी र मुहान संरक्षणका विषयमा नीतिगत बहस हुने आयोजकले जनाएको छ । महासंघको २२औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको गोष्ठीमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ । सो कार्यक्रममा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति गरी २५० बढीको सहभागिता रहने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा खानेपानी र सरसफाईको क्षेत्रमा समाचार लेख्ने चार जना पत्रकारलाई महासंघले पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । गोष्ठीमा अधिवक्ता दिलराज खनालले खानेपानी तथा सरसफाइको कानुनी व्यवस्था र उपभोक्ता संस्थाको नीतिगत पैरवीका सवालहरु, खानेपानी तथा सरसफाइ विज्ञ विनोद शर्माले खानेपानी तथा सरसफाइ दीगो विकासको लक्ष्यको स्थानीयकरण, खानेपानी तथा सरसफाइ विज्ञ छबी गौडेलले अन्तर विश्लेषण, आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख निरन भट्टराईले खानेपानीमा कर नीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने रत्ननग खानेपानीका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।

कार्यक्रममा महासंघका उपाध्यक्षले महासंघको संगठन र नीतिगत सवालबारे प्रस्तुतीकण गर्ने छन् । महासंघका अध्यक्ष अर्यालले खानेपानीमा आयकर लगाउने निर्णय सरकार, खानेपानी वितरणमा भोग्दै आएका अनेकौँ समस्या, खानेपानीको मुहान संरक्षण, विद्युत महसुल र इन्धनमा खानेपानी संस्थालाई सहुलीयत लगायतको विषयमा छलफल हुने बताए । मुलुकभर ४५ हजार वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रहेका छन् । उपभोक्ता संस्थाबाट सञ्चालित खानेपानी संस्थाको सेवाक्षेत्र ८२ प्रतिशत र सरकारबाट सञ्चालित खानेपानी संस्थाको सेवा क्षेत्र १८ प्रतिशत रहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>