चितवन विशेष
नेपाल प्रहरी शिक्षालयमा आँखा परीक्षण
०

चितवन, भदौ ९–
भरतपुरस्थित नेपाल प्रहरीको शिक्षालयमा प्रहरीको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजनामा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम गरिएको हो ।
शिक्षालयमा रहेका नेपाल प्रहरीका प्रशिक्षक र तालिममा रहेका प्रहरीको आँखा परीक्षण गरिएको हो । समुदाय प्रहरी साझेदारी अभियान अन्तरगत शिक्षालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको भरतपुर आँखा अस्पतालकी छाँया श्रेष्ठले बताइन्।
शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरु, बिभिन्न प्रशिक्षणमा प्रशिक्षणरत प्रशिक्षार्थीहरु गरी १३० जनाले आँखा जाँच गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























