चितवन विशेष

ब्लड डोनर्स सोसाइटी नेपाल भरतपुर महानगर समिति गठन

Banner

चितवन, भदौ ९–

ब्लड डोनर्स सोसाइटी नेपाल भरतपुर महानगर समिति गठन गरिएको छ। जिल्ला समन्वय समिति चितवनमा रक्तदान कार्यक्रम सहित नगर सम्मेलनबाट महानगर समिति गठन गरिएको हो ।

सक्षम दवाडीको सम्योजकत्वमा ११ सदस्यीय नगर स्तरीय समिति बनेको हो । संस्थाको चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटीको अध्यक्षता एवं जिसस चितवन जिल्ला प्रमुख नारायण अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी लगाएत केन्द्रिय कमिटीका पदाधिकारीहरु, सल्लाहकारहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले रक्तदाता संगठित गर्ने अभियान देशैभर चल्ने र रगतको अभावमा कसैले ज्यान गुमाउन नपर्ने गरि संजाल बनाउने समेत जानकारी गराउनुभयो ।

युवाहरु सक्रिय रुपमा लागि गर्दा मेडिकल सिटि चितवनमा रगत अभाव हुन नदिएको र अझै सक्रिय बन्न सरकारले प्रोत्साहन गर्नुपर्ने जिसस प्रमुख नारायण अधिकारीले जानकारी गराउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>