अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनिता र बिलमोर स्पेश एक्सको क्रु ड्र्यागनबाट पृथ्वीमा फर्किने

Banner

वाशिङटन डीसी, भदौ ९-

अन्तरिक्षमा हप्तौँदेखि फसेका दुई अमेरिकी अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र बुच बिलमोरलाई स्पेश एक्सको क्रु ड्र्यागन क्याप्सुलमार्फत पृथ्वीमा फिर्ता ल्याइने भएको छ । जुनको सुरुमा ८ दिनका लागि अन्तर्राष्ट्रिय स्पेश स्टेशन (आईएसएस) गएका सुनिता र बिलमोर करिब ८० दिनदेखि त्यहाँ फसेका छन् ।

उनीहरू गएको बोइङको स्टारलाइनर अन्तरिक्षयानमा समस्या आएपछि उनीहरू महिनौँ त्यही फस्ने देखिएको छ । अन्तरिक्षयानबाट हिलियम चुहिएको अनि थ्रष्टरले पनि काम गर्न छाडेपछि उनीहरू तय गरिएको समयमा पृथ्वीमा फर्किन सकेनन् । यानमा आएको समस्या बुझ्न बोइङका इन्जिनियरहरूले हप्तौँदेखि प्रयास गरिरहेका छन् ।

यानले सुनिता र बिलमोरलाई पृथ्वीमा फर्काउन सक्षम हुनेमा आफू आशावादी रहेको बोइङले अगस्ट २ मा भनेको थियो । तर नासाले शनिवार स्टारलाइनर सेप्टेम्बरको सुरुमा रित्तै फर्किने बताएको छ । सुनिता र बिलमोर भने छिटोमा सन् २०२५ को फेब्रुअरीमा स्पेश एक्सको क्रु–९ मा चढेर पृथ्वीमा फर्किनेछन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>