समाचार

सिन्धुलीको कुँडुलेबाट सुनकोसीमा खसेको हाइलक्स भेटियो

Banner

काठमाडौँ, भदौ ८-

खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स भेटिएको छ।

दुर्घटनास्थल नजिकै गाडी फेला परेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए। ‘दुर्घटनास्थल नजिकै गाडी फेला परेको छ,’ काफ्लेले भने, ‘बेपत्ता व्यक्तिहरू भने फेला पर्न सकेका छैनन।

उक्त गाडी फेला परेको र पानीबाट निकाल्ने प्रयास भइरहेको एसपी काफ्लेले जानकारी दिए। सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन्। उक्त हाइलक्स ३२ वर्षीय अबिनले चलाएका थिए। सोही गाडीमा सवार अर्का एक जना भने हामफालेर बाँचेका छन्। २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका हुन्। उनी सामान्य घाइते भएको र अहिले उपचारका क्रममा रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>