समाचार
सुनकोसी नदीमा खस्यो हाइलक्स, बेपत्ता ३ जनाको गोताखोरले खोज्दै

काठमाडौं,भदौ ८-
खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्सको खोजी कार्य जारी छ। शनिबार दिउँसो नम्बर नखुलेको उक्त हाइलक्स खस्दा ३ जना बेपत्ता भएका छन्। उक्त गाडीमा सवार चारमध्ये एक जनाले भने हाम फालेर ज्यान जोगाएका छन्।
हलेसीबाट भक्तपुरका लागि आउन लागेको उक्त हाइलक्स कुँडुले भन्ने ठाउँबाट सुनकोसीमा खसेको थियो। अहिले गोताखोरसहित खोजी कार्य जारी राखेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। गाडीमा सवार उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका रहेको प्रहरीले जानकारी दिएको छ।
सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन्। २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका छन्। उनी अहिले प्रहरीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ।
























