घटना -दुर्घटना

पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

Banner

बरहथवा (सर्लाही), भदौ ८-

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो ।

घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । उनलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>