घटना -दुर्घटना

आँबुखैरेनी बस दुर्घटना अपडेटः बकेट स्टेचरमार्फत उद्धार गरिँदै

Banner

काठमाडौँ, भदौ ७-

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् ।
आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना हुँदा घाइतेहरूलाई बकेट स्टेचरको माध्यमबाट उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र खड्काले बताए । उनले भने, ‘सडकबाट करिब १ सय मिटर तलबाट डोरीको सहायताले उद्धार कार्य भइरहेको छ ।’

उद्धार गर्न सेनाका हेलिकप्टर घटनास्थलमा परिचालन गरिएको छ । भारतीय नम्बर–७६२३ नम्बरको बसमा चालक दलका दुई जना र ४१ जना यात्रु सवार थिए । दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ । १७ जना घाइतेलाई उद्धार गरेर आबुखैरेनीमा उपचार भइरहेको छ ।

आर्मीको हेलिकप्टरमार्फत अचेत र क्रिटिकल अवस्थाका घाइतेहरूलाई काठमाडौँ पठाउन लागिएको गण्डकी प्रदेशका एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिए । गाडी पोखराबाट काठमाडौँ आउँदै थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>