समाचार

प्रदेश प्रमुख देवकोटाद्वारा विधेयक प्रमाणीकरण

Banner

मकवानपुर, भदौ ६-

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशसभाबाट पारित भई आएको ‘विज्ञान, प्रविधि, नवप्रवर्द्धन तथा विकास कोष ऐन, २०८१’ लाई प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेशसभाबाट पारित भई आएको उक्त विधेयकलाई प्रदेश प्रमुख देवकोटाले आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गाविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

केही दिनअघि प्रदेशसभाबाट पारित भएको सो विधेयकलाई प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी प्रदेश प्रमुखको सचिवालयमा पठाउनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>