खेलकुद

रोनाल्डोको युट्युब च्यानलले बनायो विश्व रेकर्ड

Banner

काठमाडौँ, भदौ ६-

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको युट्युब च्यानल लञ्च भएको २४ घन्टा बित्न नपाउँदै कीर्तिमान कायम गरेको छ।

उनको युट्युब च्यानल (युआर क्रिस्टियानो) ले सबैभन्दा छिटो समयमा एक मिलियन (दश लाख) सब्सक्राइबर पार गर्दै नयाँ विश्व रेकर्ड बनाएको हो।

अहिले पनि रोनाल्डोको सब्सक्राइबर बढ्ने क्रम बढ्दो छ। बिहीबार दिउँसोसम्म सब्सक्राइबर १५ मिलियन बढी पुगिसकेका छन्।

रोनाल्डोले आफ्नो च्यानलले पाएको गोल्डन प्ले बटनको भिडिओ पनि अपलोड गरिसकेका छन्।

उनले अगस्ट २१ मा ‘यूआर क्रिस्टियानो’ (UR Cristiano) नामले च्यानल ल्याएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>