चितवन विशेष
चितवनसहित देशका केही नदी तथा खोलामा बाढी आउने सम्भावना

चितवन, भदौ ५-
चितवन सहित देशका केही नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको छ । मध्यमदेखि भारी वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले आज चितवन सहित देशका केही नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको ल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
विभागका अनुसार चितवन, मकवानपुर, बारा, पर्सा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र दोलखा आसपास भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको छ ।
काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बाग्लुङ, म्यादी, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपास भएर बहने अधिकांश नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने विभागले बताएको छ ।
संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भएर बग्ने केही स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।


























