चितवन विशेष

कारागार अगाडि मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक घाइते

Banner

चितवन, भदौ ५-

भरतपुर महानगरपालिका–१० स्थित जिल्ला कारागार कार्यालय अगाडि मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

आज बिहान साढे २ बजेको समयमा हाकिमचोकबाट ज्येष्ठ नागरिक चोकतर्फ जाँदै गरेको ना ४४ प ४४९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको थियो ।

मोटरसाइकल दुर्घटना हुँदा चालक भरतपुर–११ बस्ने ४० वर्षीय जीवन रावतको निधार र घाटीमा चोट लागी मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल कारागार कार्यालयको नियन्त्रणमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>