समाचार
गुल्मीमा गुडिरहेको बसमा लेदो पहिरो खस्यो
०

गुल्मी,भदौ ४-
गुल्मीमा गुडिरहेको बसभित्र लेदोसहितको पहिरो खसेको छ। गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नं.१ रातामाटामा गुडिरहेको बसभित्र लेदोसहितको पहिरो खसेको हो ।
रातामाटास्थित मदन भण्डारी राजमार्गमा गुडिरहेको यात्रुबाहक बसभित्र लेदोसहितको पहिरो पसेर बस आंशिक रूपमा पुरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले तम्घास–बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसमा लेदो पसेर क्षति पुर्याएको जानकारी दिए । सोमबार रातीदेखि परेको पानीपछि यो बाटोको विभिन्न स्थानमा पहिरो खसिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























