समाचार

विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

Banner

कैलाली, भदौ ४-
आफ्नै विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ बस्ने २२ वर्षीय विष्णु तिमिल्सेना रहेका छन् ।

तिमिल्सेनामाथि गत साउन ३० गते उपमहानगरपालिका १ पुष्पलाल चोकस्थित आफ्नो बहिनीको कोठामा आफू पढाउने विद्यालयको १७ वर्षीया किशोरीलाई यौन दुरुपयोग गरेको आरोप छ । यस विषयमा उजुरी गरेपछि भदौ २ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>