मध्य नेपाल

अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

Banner

मध्यविन्दु, भदौ ४-
पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–३ जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाउने काम साँझसम्म सकिएपछि सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

पानी पर्न बन्द भएपछि सडक मर्मत सुरु गरिएको थियो । कालीगण्डकी कोरिडोर सञ्चालन भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जातर्फ जाने सवारी गन्तव्यतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए रातिदेखि अत्यधिक वर्षा भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>