बाढि पहिरो
अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु
०

बुटवल, साउन ४-
अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको हो ।
पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले बताए ।
पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ । उक्त गोठ पक्की पिल्लरसहित २ तले थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























