समाचार

लघुवित्तपीडितले आजदेखि पुनः आन्दोलन गर्ने

Banner

काठमाडौं, भदौ ४-

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले सरकारविरुद्ध मंगलबारदेखि पुनः आन्दोलन गर्ने भएको छ ।

सरकारसँग पटक–पटक भएका सहमतिबाट पूर्णरुपमा समस्याको हल नभएको भन्दै समितिले देशव्यापी आन्दोलन थाल्ने भएको हो । सरकारले ललिपप देखाउने र लघुवित्तले तल्लो स्तरमा लुट मच्चाउने धन्दा अहिले पनि चलाइरहेको भन्दै संघर्षका कार्यक्रम अघि बढाएको संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले जानकारी दिए।

६८ जिल्लामा हुने प्रर्दशन शान्तिपूर्ण रुपमा गर्ने उनले बताए। ज्यादती गर्ने स्थानीयदेखि केन्द्रसम्मकै लघुवित्तीय संस्था, बैंक र बेथिति मच्चाउने सहकारीहरूको बिरूद्वमा केन्द्रित रहने गरि विरोध प्रदर्शनसहितका संघर्षका कार्यक्रम शुरु हुने संघर्ष समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>