समाचार
पुलमा स्कुटर छाडेर कोशीमा हा मफालेका युवक बेपत्ता,खोजीकार्य जारी
०

चतरा,भदौ ३-
सुनसरी र उदयपुर जोड्ने चतरा पुलबाट एक युवकले कोशी नदीमा हामफालेका छन् । को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका युवा पुलमा स्कुटर छाडेर कोशी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सोमबार अपरान्ह करिव साढे चार बजेतिर ती युवक पुलबाट हामफालेका थिए ।
हामफालेका युवाको पहिचान भएको छैन । स्कुटरसँगै घडी र मोबाइल पनि पुलमा फेला परेको प्रहरीले जनाएइको छ । उदयपुर र सुनसरीतर्फ पुलको दुवैतिर रहेको प्रहरीले उनको खोजी गरेपनि भेटिएका छैन् । कोशी पुलमा जडान गरेको सिसिटिभी फुटेजमा पनि युवक हामफालेको देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























