समाचार

सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो

Banner

काठमाडौँ, भदौ ३-

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल ७ स्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले थप पहिरो खस्ने सम्भावना रहेको भन्दै स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सेनाले जोखिममा रहेका स्थानीय बासिन्दा र अस्पतालका सामग्रीलाई सुरक्षित स्थानमा सार्न सक्रियता बढाएको छ। नदी थुनिएपछि तटीय क्षेत्रमा एक्कासि बाढी आउन सक्ने जोखिम भएकाले पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावतीलगायतका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>