चितवन विशेष

रिऊ खोलाले बगाएर कुसुमखोलाका काजिमानको मृत्यु

Banner

चितवन, भदौ ३-

चितवनको माडी नगरपालिकामा रिऊ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ स्थित कुसुम खोलामा बस्दै आएका ५० बर्षिय काजिमा प्रजाको आज दिउँसो ४ः२०को समयमा रिऊ खोलाले बगाएर मृत्यु भएको हो ।

प्रजालाई माडीको स्याउलीबाट कुसुम खोला बस्ती जाने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । प्रजाको शव घटना स्थलबाट करिव ५ सय मिटर तल फेला परेको थियो ।

राष्ट्रिय निकुञ्ज भित्र पर्ने कुसुम खोलाका अधिकांश मानिस स्याउली झरेका छन् । निकुञ्जले घर भत्काइदिँदा पनि उनी तल झर्न मानेका थिएनन् । सर्वोच्चले समेत तत्काल उनको घर नभत्काउन आदेश दिएको थियो । त्यसपछि उनको परिवार कुसुम खोलामा नै बस्दै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>