समाचार
पाँच जनाभन्दा बढीमा झाडापखलाको लक्षण देखिएमा जानकारी गराउन सरकारको अनुरोध
०

काठमाडौँ, भदौ २-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा पाँच जनाभन्दा बढीलाई झाडापखालाको लक्षण देखिएमा जानकारी गराउन आग्रह गरेको छ । मन्त्रालय मतहतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै समुदायमा पाँच जनाभन्दा बढिलाई झाडापखाला भएमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको हो ।
सो सूचनामा निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुलाई एउटै वडा, टोल, बस्तीमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा सो नम्बरमा फोन गर्न भनिएको हो । महाशाखाका अनुसार ललितपुरमा ४१ , काठमाडौँमा चार, कैलालीमा ८ र प्युठानमा दुई जना गरी देशभर ५५ जनामा हैजा सङ्क्रमित बिरामी छन् ।
पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























